INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी कार्यालय सरेपछि सेवाग्राहीलाई सास्ती

भूकम्पले कार्यालय भवन जीर्ण भएर जिल्ला स्थित सरकारी कार्यालय अन्य ठाँउमा सरेपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिदै आएका सरकारी कार्यालयहरु वोहरागाँउमा सरेपछि सेवाग्राहीलाई सेवा लिन सास्ती भएको हो ।

सदरमुकाम खलंगा स्थित भेरी नगरपालिका–३ र ४ मा रहेका सरकारी कार्यालय बोहरागाँउमा सरेपछि नागरिकलाई सेवा लिन कठिन भएको छ । नागरिकहरुको बढी चहलपहल हुने मालपोत र नापी कार्यालय बोहरागाँउमा सरेपछि नागरिकलाई सास्ती हुदै आएको छ । मालपोत र नापाी कार्यालयले भाडाका घरबाट सेवा दिदै आएका थिए । भूकम्पले घर भत्किएपछि बोहरागाँउमा रहेको शिक्षा विकास तथा समन्वयको कार्यालयबाट सेवा दिदै आएका छन् । मालपोत कार्यालय, नापी कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय र शिक्षा विकास तथा समन्वय कार्यालय बोहरागाँउबाट सेवा दिन थालेपछि सेवाग्राहीलाई समस्या भएको छ । एक घण्टामा हुने काम एक दिन लाग्न थालेपछि समस्यामा परेका छन् ।

सरकारी कार्यालय केन्द्रित गरी एक ठाँउबाट सेवा दिनु पर्ने अवस्थामा विकट गाँउबस्तीबाट आएका नागरिकलाई समस्या भएको छ । बारेकोट गाँउपालिका , कुशे गाँउपालिका, जुनीचाँदे गाँउपालिका, शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाबाट लेनदेनमा वादविवाद भएपछि अदाल प्रकृयामा आएका नागरिक अदालतको पत्र लिएर दुई किलोमिटर हिडेर मालपोत कार्यालयमा काम गरी फर्किदा कार्यालय बन्द हुन्छन् । एक दिनमा सकिने काम एक ठाँउमा सरकारी कार्यालय नहुँदा दुई दिन लाग्ने गरेको छ  ।

साविक सेवा दिदै आएको स्थानमा सरोकारवालाले भवन निर्माणका लागि जग्गाको पहल नगरेपछि सरेका हुन् । भूकम्पका कारण घरविहिन भएपछि न्यानो आवास नपाएका जनताको एक दिनमा हुने काम दुई दिन लाग्न थालेको छ । विगत देखि सरकारी कार्यालयले सेवा दिएको स्थानमा घर निर्माण गर्ने जग्गा नपाएपछि बोहरागाँउमा सरेका हुन् ।

कुशे गाँउपालिका–५ का दलबहादुर थापाले पहिला देखि सेवा दिदै आएको ठाँउबाट सरकारी कार्यालय सरेपछि जनतालाई असहज भएको बताउनु भयो। गाँउबाट महंङ्गो भाडा तिरेर कामकाज गर्न आएका जनता छिन्चु जाजरकोट सडक खण्डको छेउमा कार्यालय भएपनि गाडी नपाउँदा पैदल हिडेर सेवा लिएर पुन सदरमुकाम गएर अर्को कार्यालयमा सेवा लिने गरेका छन् । सरोकारवाला निकायले सरकारी सेवा एकै ठाँउमा बनाउन पहल नगरेका कारण नागरिकले दुख पाइरहेको उहाँको भनाइ छ ।

अन्य

भिडियो