INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा घरबाट भगाएर लगेको भन्दै रोशी गाउँपालिका-१२, घ्याङडाँडाका २६ वर्षीय रविन्द्र भुजेललाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ २५ गते ललाई फकाई विवाह गर्छु भन्दै लगेकोमा खोजतलास गरी रामेछाप नगरपालिका-८ को बाल सञ्जालको उपस्थितीमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकोमा पुनः ललाई फकाई आरोपितले घरमा लगेर राखेका जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पीडितको आफन्तले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएको छ । पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते धुलिखेल अस्पतालमा भयो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो