INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेपत्ता बनाएको घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहा नवराजपुर गाउँपालिका–१ तमसुइया सोठियाइनका ४४ वर्षीय अफजल रहमानलाई प्रहरीले ०८० माघ १७ गते गिरफ्तार गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका २२ वर्षीय इजमामुल हक मियाँले २०८० मङ्सिर ४ गते घर अगाडि बाटै बालिका अपहरण गरी बेपत्ता बनाएको र हालसम्म फेला नपरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कडरबोनामा माघ ९ गते उजुरी दर्ता भएको छ ।

गिरफ्तार अफजल मुख्य आरोपित इजमामुलका मामा हुन् । अपहरण गर्न मामा अफजल, इजमामुलकी आमा ४० वर्षीया स्नेहा खातुन र आरोपितका छिमेकीहरू सुरुङ्गा नगरपालिका–५ कुशहा ३८ वर्षीय हारुन भनिने मो. हनिफ, २१ वर्षीय मो. चाँद, मो. याकुब राइन, ४० वर्षीय अन्सारुल मियाँ, ४५ वर्षीय मो. कैयुम मियाँले सहयोग गरेको र घर अगाडिबाटै अपहरण गरी बेपत्ता बनाएको आरोप लागेको छ । अन्य आरोपितहरू फरार छन् । उनीहरूको हकमा माघ ९ गते पक्राउ पुर्जी जारी भएको छ ।

अन्य

भिडियो