१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका-५ का ३४ वर्षीय रमेशलाल श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १७ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले माघ १३ गते पीडितको घरको कोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
सोही उजुरीको आधारमा आरोपितलाई माघ १४ गते मेलुङ गाउँपालिका-७ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १५ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।