INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बनेपा नगरपालिका–१४, बासडोलका २० वर्षीय समर प्रजापतीलाई प्रहरीले ०८० माघ १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १५ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते धुलिखेल अस्पतालमा भयो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय, बनेपाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

अन्य

भिडियो