INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित

मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई कर्णाली जेसीजले माघ १७ गते सम्मानित गरेको छ ।

कालिकोट जिल्लामा बसेर दलित,महिला युवाका मानव अधिकार सुनिश्चित गर्न पहल गर्नुका साथै सोही विषयमा कलम चलाएकोले इन्सेक जिल्ला प्रतिनिधिलाई जेसीज सन २०२३ का अध्यक्ष हरिप्रसाद पाण्डेले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको हो ।

कर्णाली जेसिस सन २०२३ को साधारण सभा तथा २०२४ का लागि पद हस्तान्तरण कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मल्ललाई मानव अधिकारका लागि महत्वपूर्ण कार्य गरेकाले सम्मान गरिएको जेसीज सन २०२४ का अध्यक्ष गणेशमान पाण्डेले बताउनु भयो ।

Photo20240131Kalikot (1)

 

अन्य

भिडियो