नेपाल सकारबाट भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सकारबाट पठाएको अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । भूकम्प गएको तीन महिना सम्ममा भूकम्प प्रभावित क्षेत्रमा १४ हजार १ सय १ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् । त्रिपालमनि बस्दै आएका भूकम्प पीडित चिसो बढ्न थालेपछि चर्किएका घरमा सर्न थालेका हुन् ।
भूकम्पले घर भत्किएपछि घरवारविहिन भएका जनतालाई छिटोछरितो न्यानो स्थानमा सार्न पठाएको अनुदान रकम स्थानीय तहको ढिला सुस्तीका कारण भूकम्प पीडितले अझै पाउन नसकेका हुन् । नेपाल सकारबाट जिल्ला विपद व्यवस्थापन कोषमा जम्मा भएको १ अर्ब ३ करोड ४१ लाख ७५ हजार रुपियाँ स्थानीय तहको विपद व्यवस्थापन कोषमा जम्मा गरेपनि लाभग्राहीको खातामा जम्मा हुन नसकेपछि अस्थायी आवास निर्माणको काम ढिला सुस्ती भएको छ । ४२ हजार ५ सय २४ लाभग्राहीका लागि जनही २५ हजार रुपियाँका दरले वितरण गर्नका लागि प्राप्त गरेका स्थानीय तहले लाभग्राहीलाई दिन सकेका छैनन् ।
अस्थायी आवासको लागि २९ हजार ३ सय ८० जनाले पहिलो किस्ता रकम स्थानीय तहमा सम्झौता गरेपनि २८ हजार ४३३ लाभग्राहीले पालिकाबाट पहिलो किस्ता रकम प्राप्त गरेका छन् । २८ हजार ४ सय ३३ लाभग्राहीले २५ हजार रुपियाँका दरले ७१ करोड ८ लाख २५ हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो । ३ ओटा गाँउपालिका, ४ ओटा नगरपालिका गरी जम्मा सात ओटा स्थानीय तहले पहिलो किस्ता रकम वितरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत शर्माका अनुसार भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सरकारबाट आएको अनुदान सहयोगबाट माघ १५ गते सम्म १५ हजार २ सय ९८ ओटा, सहयोगी निकायबाट ५ सय २२ गरी जम्मा १५ हजार ८ सय २० अस्थायी आवास निर्माण भएका छन् । भूकम्प गएको तीन महिना सम्म अझै २७ हजार २ सय २६ परिवार त्रिपाल र चर्किएको घरमा बस्न बाध्य छन् । सरकाबाट जिल्ला विपद व्यवस्थापन कोषमा भूकम्प प्रभावितका अस्थायी आवास निर्माण गर्न आएको रकम स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाएपनि जनताको घरआँगनमै आएको सिहदरवारले वितरण प्रव्रिmयामा ढिला सुस्ती गरेपछि पीडितहरु विचल्लीमा परेका छन् । कहिले स्थानीय तह, कहिले बैङ्कले अल्झाउदै आएपछि समयमा रकम नपाउँदा चिसो समयमा सुत्केरी, गर्भवती महिला बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगी समस्यामा परेका छन् ।
नेपाल सरकारले अस्थायी आवास निर्माण गर्न पठाएको अनुदान रकम ल्याएर न्यानो गरौला भन्ने आशामा बसेका पीडित निराश हुन थालेका छन् । ५ हजार ४ सय ६ लाभग्राही भएको जुनीचाँदे गाउँपालिकामा १ हजार ८ सय ४९ जनाले पहिलो किस्ता रकम प्राप्त गरेपनि माघ १६ गते सम्म ४ करोड ६२ लाख २५ हजार रुपियाँ वितरण गरेको जुनीचाँदे गाउँपालिका २६ ओटा अस्थायी आवास निर्माण भएका छन् । ४२ हजार ५२४ लाभग्राही मध्य १४ हजार १ सय १ जनाले पहिलो किस्ता रकम नपाएपछि चिसोले सताउन थालेपछि चर्किएका घरमा बस्न थालेका छन् । कतिपय अस्थायी आवास निर्माण भएपनि जस्तापाताको अभावमा निर्माण सम्पन्न हुन सकेका छैनन् ।
