INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–५ का २८ वर्षीय मो. म्युदिनले बलात्कार गरी गर्भवती बनाएको आरोपमा ०८० माघ १२ गते गिरफ्तार भएका छन् ।

आरोपितलाई राजविराज नगरपालिका–७ स्थित बजारबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

घरायसी कामकाजका लागि बालश्रम गराउँदै आरोपितका घरमा राखिएकी बालिकालाई विवाहको प्रलोभन दिई पटक–पटक बलात्कार गरेको पीडितले बताउनु भयो । पछिल्लो पटक माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दिनुभएको थियो ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते स्वास्थ्य परीक्षण भएको छ । उनी २४ हप्ताको गर्भवती रहेको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो