INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले प्रलोभनमा पारी ०८० माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि केरावारी गाउँपालिका- ९ बाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, वेलवारीका इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पताल, विराटनगरमा माघ १२ गते गरिएको छ ।

अन्य

भिडियो