लुम्विनी प्रदेश अन्तरगत राष्ट्रिय सभा सदस्यका लागि दुई सिटका लागि माघ ११ गते दाङको घोराहीमा भएको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
कर्मचारी मिलनकेन्द्रमा भएको मतदानमा लुम्बिनी प्रदेस सभाका ८७ जना सदस्य र प्रदेसका १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख , उपप्रमुख मध्ये २ सय १६ जनाले निर्धारित समयमै मतदान गरेका थिए ।
निर्वाचनमा बाँके नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तादेबी श्रीवास्तव र रुपन्देहीको मायादेबी गाउँपालिकाका उपाध्यक्ष नर्बदा उपाध्याय (लोसपा) ले मतदान नगरेको निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
निर्धारित समय बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । राष्ट्रिय सभा सदस्य दुई सिटमा गठबन्धनका उम्मेदवार विजय भएका थिए । नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी (रोल्पा) र महिलातर्फ नेपाली काँग्रेसका बिष्णुकुमारी साप्कोटा (गुल्मी) विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । मतभार बदर भयो भने अन्यतर्फ पालिकाको १९ मतभार बदर भएको मुख्य न्यायाधिस पाण्डेले जानकारी दिनुभयो ।