२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-३, ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध माघ ९ गते प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान गरिरहेको इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १० गते थापाथलीस्तिथ प्रसुति गृहमा भयो ।