INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १६ प्रतिशत बालबालिकामा ख्याउटेपना

लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाइएको छ । स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो ।
नेशनल डेमोग्राफी एण्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको हो ।
संघीय सरकारका विभिन्न निकाय, स्थानीय तह तथा विभिन्न विकास साझेदार संस्थाहरूले बहुक्षेत्रिय पोषण कार्यक्रमहरूको क्षेत्रमा काम गर्दै आएको भए पनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो ।
देशभरका कूल बालबालिका मध्ये आठ प्रतिशत बालवालिका रहेकोमा कुल ख्याउटे बालबालिकाहरूको संख्यामा सबैभन्दा बढि १६ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाइ वृद्धिमा समेत लिने गरिन्छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको पोषण शाखा प्रमुख कौशल भण्डारीका अनुसार सुदुरपश्चिम प्रदेशमा ५ प्रतिशत, कर्णालीमा चार प्रतिशत, गण्डकीमा चार प्रतिशत, बागमतीमा पाँच प्रतिशत, मधेस प्रदेशमा १० प्रतिशत र कोसीमा चार प्रतिशत रहेकोमा लुम्बिनीमा १६ प्रतिशत रहेको तथ्यांक छ ।
एनडीएचएस सर्भेको तथ्यांक अनुसार सन् २०२२ मा ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरूको कुपोषणको अवस्थालाई १५ मा झार्ने भनिएको थियो । तर यसमा पाँच प्रतिशत थप भई २५ पुगेको छ । यस्तै ख्याउटेपनालाई चार प्रतिशतमा रोक्ने भनेकोमा आठ प्रतिशत भने कम तौल को अवस्थालाई १० मा रोक्ने लक्ष्य रहेकोमा अहिले १९ प्रतिशत पाइएको छ ।
पोषण फोकल पर्सन भण्डारीका अनुसार स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशले प्रदेशका दुई वटा जिल्ला रुकुम पूर्व र कपिलवस्तु जिल्लामा पोषणको अवस्थाको विषयमा विशेष सर्वेक्षण गरेको र जसअनुसार कुपोषणबाट ग्रसित बालवालिका कपिलवस्तुमा पुड्कोपना ४६.१ प्रतिशत बालबालिका, ख्याउटेपना १०.३ प्रतिशत र कम तौल भएको ३६.२ प्रतिशत रहेको छ ।
स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपना, पुड्कोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौती रहेको, बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पता अधिक रहेको पाइएको जानकारी दिँदै स्तनपान संरक्षण, सम्वर्धन र प्रवद्र्धनमा कमी हुँदै गएको बताउनु भयो ।

अन्य

भिडियो