INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य शाखा प्रमुखमाथि दुर्व्यवहार

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले माघ ७ गते कार्यालय हिँडेकाे बेलामा बाटाेमै मोसो दलेर दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।

स्वास्थ्य शाखा प्रमुख केसीलाई मोसो दल्नेको हालसम्म पहिचान नखुलेको भन्दै खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका  डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

केसीलाई मोसो दलेपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङले विज्ञप्ति जारी गर्दै म्याद गुज्रेको औषधि खुवाएर नागरिको जीवनमाथि खेलवाड गरेकाले कारबाही गरिएको जनाएको छ ।

जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा म्याद सकिएको औषधि वितरण गरेर खुवाएपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको जनाइएको छ ।

baglung 080-10-8 bigyepti

 

अन्य

भिडियो