INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–११ लालपुरका ३२ वर्षीय सुरेन्द्र कुमार रामलाई प्रहरीले ०८० माघ ४ गते गिरफ्तार गरेको छ ।

खडक नगरपालिका–१० स्थित हुलाकी राजमार्ग सडक खण्डबाट आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर सुभेश अधिकारीले बताउनु भयो ।

आरोपितले अविवाहित भनी नामथर, ठेगाना समेत ढाँटी विवाह गर्ने प्रलोभन दिई ललाईफकाई असोज २७ गते राति पीडितको घर नजिकै बगैचामा लगी डरत्रास देखाई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितका आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ ३ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।

अन्य

भिडियो