INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हुप्सेकोट गाउँपालिका –६ बस्ने ३४ वर्षीया चनिसरा लम्का मगरलाई  धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा  ३३ वर्षीय पति शेर बहादुर लम्का मगरलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ ।

गर्भवती समेत रहनुभएकी चनिसरा लम्का मगरलाई  सुतिरहेको अवस्थामा माघ ७ गते राति धारिलो हतियार कोदालो र खुर्पाले प्रहार गरि हत्या गरेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

परिवारमा पति पत्नी सहित चारजना  छोरीहरू रहेको र राति सबै सँगै सुतेको अवस्थामा घटना भएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

शवको पोष्टमार्टम माघ ७ गते मध्यबिन्दु अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो