INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डल ०८० माघ २ गते गिरफ्तार भएका छन् ।

घरकोठामा सुतिरहेका बेला पुस २९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २ गते उजुरी दिनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा माघ १ गते भयो ।

बोदे बर्साइन नगरपालिका–९ महनौरीस्थित घरटोलबाटै गिरफ्तार आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २ गते उजुरी दर्ता गरेको छ ।

अन्य

भिडियो