INSEC Online

📅 २०८३ जेष्ठ २१

भौतिक सम्पत्ति क्षति गरेको आरोपमा दाजुभाइ गिरफ्तार

सडकमा गुडिरहेको बा.प्र. ०१–००६ ख ५८८४ नम्बरको वान प्लस गाडी तोडफोड गरी भौतिक सम्पत्ति क्षति गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ कुशहा टोलका ३० वर्षीय चङ्खे भनिने रबिनकुमार पासवान र उनका भाइ २७ वर्षीय मनोजकुमार पासवानलाई प्रहरीले ०८० माघ २ गते गिरफ्तार गरेको छ ।

सुरुङ्गा नगरपालिका–५ कुशहा टोलस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गाडीको अगाडिको ठुलो शिशामा रबिनले ढुङ्गा प्रहार गरी फुटाएको र मनोजले बादविवाद गरी हातपात गरेको भन्दै मोरङ्ग सुन्दरहरैचा नगरपालिका–८ का ४३ वर्षीय मोहनबहादुर भट्टराईले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २ गते उजुरी दिनुभएको थियो ।

मनोजलाई घटनास्थलबाटै र रबिनलाई माघ २ गते सुरुङ्गा नगरपालिका–६ कडरबोनास्थित चोकबाट गिरफ्तार गरिएको इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनु भयो । आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले आपराधिक उपद्रवमा उजुरी दर्ता गरी कारवाही अघि बढाएको इन्स्पेक्टर यादवले बताउनु भयो ।

अन्य

भिडियो