INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार र हत्या घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीको बलात्कार र २१ वर्षीय छोराको हत्या घटनाका आरोपित बाबुलाई प्रहरीले पुस ४ गते कैलाली जिल्लाको टिकापुरबाट गिरफ्तार गरेको छ ।

आराेपितलाई टीकापुर इलाका प्रहरी कार्यालयमा राखिएको छ । आजै सुर्खेत ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

छोरालाई माघ १ गते राति बन्चरोले हानेर हत्या गरेर फरार भएका आरोपित बाबुविरुद्ध पुस ३ गते मृतकका काकाले उजुरी दिएका थिए ।  त्यसै गरी , १९ वर्षीय छोरीलाई गत असोज २७ गते बलात्कार गरेको आरोप बाबुविरुद्ध छोरोले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

शवको पोष्टमार्टम माघ ४ गते प्रदेश अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो