१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई पुस २९ गते बलात्कार गरेको अरोपमा पीडितले ०८० माघ २ गते आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पतालमा भयो ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर धमालाले बताउनुभयो ।