१८ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले ०८० माघ २ गते गिरफ्तार गरेको छ ।
आरोपितले फेसवुक, युट्युव लगायत सामाजिक सञ्जालबाट पीडितको नाम, ठेगाना र फोटो दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले पुस २६ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ २ गते जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाको सहयोगमा गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट माघ ३ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी रायले इन्सेकलाई जानकारी दिनुभयो ।