१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-७ का १९ वर्षीय अमर विक, २१ वर्षीय घनश्याम श्रेष्ठ, २८ वर्षीय मामा र १७ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस २९ गते उजुरी दर्ता भएको छ ।
पीडित युवतीलाई आरोपितहरूले पुस २८ गते पाँचखाल नगरपालिका-७ स्थित शिखरपुर जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको हो ।
पीडित पक्षले दिएको मौखिक उजुरीको आधारमा आरोपितहरूलाई प्रहरीले पुस २८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राज कुमार श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते धुलिखेल अस्पतालमा भयो ।