INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार घटनाका आराेपित गिरफ्तार

डाक्नेश्वरी नगरपालिका–१० बनौलाकी ३५ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार घटनाका आरोपित सोही ठाउँका ३२ वर्षीय संजय यादव र ५३ वर्षीय बद्री यादव ०८० पुस २७ गते गिरफ्तार भएका छन् ।

आरोपितहरुसहित सोही ठाउँका २५ वर्षीय महेश यादव, ६० वर्षीया सावित्री देवी यादव र ६० वर्षीय टेकनारायण यादवले २०८० असार १३ गते कथित बोक्सी भनी गालीगलौज तथा कुटपिट गरेको भन्दै पीडितले दिएको उजुरी परमादेशपछि जिल्ला प्रहरी कार्यालयले पुस २२ गते उजुरी दर्ता गरेको थियो ।

पीडितले साउन १७ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेश दिएकोमा अदालतबाट मङ्सिर ८ गते परमादेश जारी भएकाे थियो । अदालतले पुस ३ गते प्रमाणिकरण गरी पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी आवश्यक कारवाही गर्न पत्रसहित परमादेश पठाएको थियाे ।

अन्य

भिडियो