६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस २८ गते गिरफ्तार गरेको छ ।
घटना पुस ७ गते भएको र पीडितले ०८० पुस २८ गते आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते जिल्ला अस्पतालमा भयो । जिल्ला अदालतबाट पुस २९ गते ५ दिनको म्याद थप गरेर आरोपितलाई जिल्ला प्रहरी कार्यालयको बाल निग्रानी कक्षमा राखिएको इन्स्पेक्टर धमालाले बताए ।