INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ६ जनाले ०८० पुस २३ गते निर्वाचन कार्यालय, धनगढीमा उम्मेदवारी दर्ता गराएका छन् ।

२०८० माघ ११ गते हुनगइरहेको राष्ट्रियसभा सदस्यका लागि सुदुरपश्चिम प्रदेशबाट तीन राजनीतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।  राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशका तीन पद रिक्त छन् ।

नेपाली कांगे्रसबाट बलदेव बोहरा र नारायण दत्त भट्ट, नेकपा माओवादी केन्दबाट रेनु चन्द, नेकपा एमालेबाट इश्वरीप्रसाद पोखरेल, सावित्री घिमिरे र रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेपाली कांगे्रसबाट कञ्चनपरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायण दत्त भट्ट, सत्ता गठबन्धन महिला कलस्टरबाट नेकपा माओवादी केन्द्रका रेनु चन्द, नेकपा एमाले, कञ्चनपुरबाट इश्वरीप्रसाद पोखरेल, महिला कलस्टरतर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरतर्फ कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दिनुभएको जिल्ला निर्वाचन कार्यालय, कैलालीका सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो ।

अन्य

भिडियो