INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितहरूले ०८० पुस २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते इलाका प्रहरी कार्यालय, बेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पुस २४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २४ गते गरिएको छ ।

पाँच वर्षीया बालिकालाई ०८० पुस १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-२ झण्डीपुरका २१ वर्षीय दीपन मगरलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २२ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पुस २२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।

अन्य

भिडियो