INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा निर्वाचन ०८०– दुई सिटका लागि कोशीमा पाँचद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले पुस २३ गते मनोनयन दर्ता गराएका छन् ।

Photo 20240108 Morang (3)

कोशीमा दुई सिटका लागि ०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, विराटनगरमा पुस २३ गते पाँच जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

दुई सिटका लागि कोशीमा गठन्बन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एकीकृत माओवादी केन्द्रकी चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनु भएको छ ।

नेकपा एमालेबाट अन्यतर्फ भोजपुरका पर्शुराम अधिकारी र  महिलातर्फ सुनसरीकी रूक्मीणि कोइरालाले मनोनयन दर्ता गराउनु भएको छ ।

राप्रपाबाट अन्य तर्फमा विराटनगरका उद्वव पौडेलले मनोनयन दर्ता गराउनु भएको जिल्ला अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ मतदाता छन् ।

Photo 20240108 Morang (1)

Photo 20240108 Morang (2)

अन्य

भिडियो