डाक्नेश्वरी नगरपालिका–१० की ३५ वर्षीया अनीता देवी यादवलाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय महेश यादव, ३२ वर्षीय संजय यादव, ६० वर्षीया सावित्री देवी यादव, ५३ वर्षीय बद्री यादव र ६० वर्षीय टेकनारायण यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०८० पुस २२ गते उजुरी दर्ता गरेको छ ।
आरोपितहरुले ०८० असार १३ गते पीडितलाई कथित बोक्सी भन्दै गालीगलौज तथा कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार १७ गते उजुरी दिनुभएको थियो । प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले साउन १७ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेश दिनुभएको थियो । मङ्सिर ८ गते परमादेश जारी गरेको अदालतले पुस ३ गते प्रमाणिकरण गरी पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी आवश्यक कारवाही गर्न पत्र पठाएको थियो । आरोपितहरु सबै फरार छन् ।