INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले गजुरी गाउँपालिका-१ का २७ वर्षीय राजकुमार बरुवाललाई १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । पीडितले क्षतिपुर्ति नपाउने समेत फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे ।

पीडित बालिकालाई बरुवालले अन्तिम पटक ०८० जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन धादिङ अस्पतालमा भयो । बरुवाल सोही दिन गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बरुवाल विरुद्ध जिल्ला अदालतमा असार ६ गते मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले बरुवाललाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

अन्य

भिडियो