INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-३ का २६ वर्षीय दावा तामाङलाई प्रहरीले ०८० पुस १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका एसपी बालनरसिंह राणाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २ गते चौतारा अस्पतालमा भयो । आरोपितलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका इन्चार्ज इन्स्पेक्टर संजिवकुमार यादवले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो