१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–८ का २२ वर्षीय सुरेन्द्र बमलाई पुस १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई विहे गर्छु भन्दै आफ्नै घरमा लगेर पुस १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुष १५ गते जिल्ला अस्पतालमा गरिएको थियो ।