INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार पोखरेलको निधनमा इन्सेकद्वारा शोक व्यक्त

नेपाली पत्रकारिता तथा पत्रकारिता शिक्षाका शिखर व्यक्तित्व गोकुलप्रसाद पोखरेलको ८८ वर्षको उमेरमा भएको निधनप्रति इन्सेकले शोक व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पुस १७ गते एक शोक वक्तव्य जारी गर्दै दुःखको यस घडीमा वरिष्ठ पत्रकार स्वर्गीय पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।gokul_pokharel

‘नेपाली पत्रकारितामा सामाजिक उत्तरदायित्वको भावना प्रसार गर्दै पत्रकारहरूलाई पहिलो पङ्क्तिको मानव अधिकार रक्षकका रूपमा दायित्वबोध गराउन उहाँले पत्रकार, विकासमुखी पत्रकार, जातीय विभेदविरोधी अभियन्ता, राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त, पत्रकारिता शिक्षक र प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।’-शोक वक्तव्यमा भनिएको छ ।

मूलतः २०४६ सालपछि प्रारम्भ भएको नेपालको व्यवसायिक पत्रकारिताको आवश्यकता अनुरूपका जनशक्ति निर्माण गर्न उहाँले पत्रकारिता शिक्षा र प्रशिक्षणको क्षेत्रमा पुर्‍याउनु भएको योगदान अविस्मरणीय रहेको पनि अध्यक्ष अर्यालले बताउनु भएको छ ।

Press Release 2080_09_17

अन्य

भिडियो