INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ का ३० वर्षीय शिव घिमिरेलाई पुस १३ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कामको बहानामा बोलाएर पुस ४ गते यौन दुर्व्यवहार गरेको भन्दै  अभिभावकको सहयोगमा पुस १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलााई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विश्वराज पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो