मर्चवारी गाउँपालिका–१ इस्लामपुरकी आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–१ महाराजगंजका ३० वर्षीय अकवर वलीलाई पुस १३ गते मर्चवारबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस १३ गते बुवासँग लैजान्छु भनी साइकलमा बसाएर खुरखुरिया घाटको गैडहवा खोलाको दलदले लेदोमा दबाएर मारेको अवस्थामा पुस १४ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले फोन मार्फत बताउनु भयो
आरोपितले मादक पदार्थ सेवन गरेर बालिकाकालाई घरदेखि टाढा एकान्त ठाउँमा लगेर बलात्कार प्रयास गरेको र बालिका चिच्याएपछि पानी जमेको दलदले हिलोमा फालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताउनु भयो ।
बालिकाको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र घटना सम्वेदनशिल भएकोले पोष्टमार्टमका लागि काठमाण्डौबाट फरेन्सीक डाक्टर झिकाइएको प्रहरीले जनाएको छ ।