INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ ओटा अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ अस्थायी आवास निर्माण भएका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमुनिको चिसोले विचल्लीमा पर्दै आएका नागरिकलाई सरकारले दिएको अनुदान रकमबाट अस्थायी आवास निर्माण गरिएको हो ।

सात ओटै स्थानीय तहको लाभग्राहीको सुचिमा परेका ३५ हजार १ सय ४० मध्य २० हजार ३ सय ४४ जनाले लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरेपनि दश हजार ९६ जनाले रकम प्राप्त गरेका छन् । २५ करोड ३३ लाख २५ हजार रकम वितरण भएपछि छ हजार ५ सय ९८ ओटा अस्थायी आवास निर्माण गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी प्रशासकिय प्रमुख हरिश्चन्द्र शर्माले बताउनु भयो ।

सुचना अधिकारी तथा प्रशासकिय अधिकृत शर्माले सरकारबाट भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपद व्यवस्थापन कोषबाट निकासा भएको  ८४ करोड ९५ लाख ७५ हजार मध्य २५ करोड २३ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिएको बताउनु भयो । अस्थायी आवास निर्माणमा स्थानीय तह सम्वेदनशिल भई घरबारविहीन पीडितलाई न्यानो स्थानमा सार्न नागरिकको घरआँगनको  सिहदरवारले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

चिसो मौसममा त्रिपालको साहारामा बसेका नागरिकलाई न्यानो स्थानमा सार्न सरकारले प्रयास गरिरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, दलका नेता कार्यकर्ताले भूकम्पले भत्किएका चर्किएका घर पन्छाउने काम गरिरहेका छ ।

अनुदान सहयोग पाएका लाभग्राहीले अस्थायी आवास भन्दा स्थायी आवास बनाउनु पर्छ की भन्दै अलमलमा परेका छन् । उता स्थानीय तहले पहिलो किस्ता अनुदान लिएका लाभग्राहीले दोस्रो किस्ता रकम माग गर्दा बसोबास गर्न योग्य नरहेको घरको  फोटो, निर्माण सम्पन्न भएको अस्थायी आवासको फोटो, अस्थायी आवास निर्माण सम्पन्न भएको प्राविधिक प्रतिवेदन, वडा स्तरिय सर्व दलिय संयन्त्रको भुक्तानी गर्न गरिएको निर्णयको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, अन्तिम किस्ता रकम मागको निवेदन पेश गरेपछि दोस्रो किस्ता रकम लाभग्राहीले पाउने भेरी नगरपालिकाले सुचना प्रकाशित गरेको छ ।

भेरी नगरपालिकामा ६ हजार ६ सय ३४ लाभग्राही मध्य चार हजार ४ सय ७८ जनालाई एघार करोड १९ लाख ५० हजार  पहिलो किस्ता बाफत रकम भुक्तानी गरेको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तिले बताउनु भयो । नलगाड नगरपालिकाले २ सय ३४ लाभग्राहीलाई ५८ लाख ५० हजार पहिलो किस्ताको रकम वितरण गरेको छ । सात ओटा स्थानीय तह मध्य सबै भन्दा बढि क्षति नलगाड नगरपालिकामा भएको छ । नलगाड नगरपालिकामा ८ हजार ९७ लाभग्राही रहेका छन् । त्यहाँ दलका नेता कार्यकर्ता तथा सरकारले ४ हजार २ सय ६० ओटा अस्थायी आवास निर्माण भएका छन् । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले सबै भन्दा बढी  भेरी नगरपालिका, नलगाड नगरपालिका र कुशे गाँउपालिकाको वडा नम्वर ७ मा धनजनको क्षति भएपछि  जनता घरवारविहीन भएका थिए ।
Photo20231231 Jajarkot

अन्य

भिडियो