INSEC Online

📅 २०८३ जेष्ठ २१

बुबाको हत्या घटनाकाे कसुरमा छोरालाई कैद सजाय

हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवकाे हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई पुस १२ गते ३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको इजलासबाट आरोपितलाई ३ वर्ष कैद सजाय गर्नुका साथै आरोपितले ३० हजार रुपियाँ जरिवाना तिर्नुपर्ने, ४५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार २ सय रुपियाँ भर्नुपर्ने फैसला भएको छ ।

पीडितको गोल्डेन अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम कोशी अस्पताल बिराटनगरमा भदौ १० गते भयो । भदौ ८ गते मृत्यु भएको भन्दै आरोपितका भाउजु गुनिताकुमारी यादवले जिल्ला प्रहरी कार्यालय मोरङमा भदौ ९ गते उजुरी दिनुभएको थियो ।

आरोपित ज्यान मार्ने उद्योगमा भदौ ६ गते नै गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ १७ गते हत्याको उजुरी दर्ता भएको थियो ।

जिल्ला अदालतमा भदौ ३१ गते अभियोग पत्र दायर भएपछि न्यायाधीश नबिनकुमार जोशीको इजलाशले असोज १ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो