१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका-१ का २४ वर्षीय विजय थङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस ११ गते उजुरी दर्ता भएको छ ।
आरोपितले वैशाख महिनादेखि पीडितको कोठामै गएर नग्न तस्वीर खिचेर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।