INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला बाल भेला कार्यक्रम सम्पन्न

pic 2 (2)

बाल अधिकार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ ०८० पुस ५ गते सिरहामा जिल्ला बाल भेला कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बालकल्ब संजालको आयोजना र इन्सेक, प्रदेश यूवा संजालको समन्वय तथा जिल्ला समन्वय समिति सिरहा, जिल्ला प्रशासन कार्यालय, ओरेक, मुक्ति नेपाल, आसमान नेपाल, दलित जनकल्याण यूवा कल्ब लगायत संघ संस्थाको सहयोगमा कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप सभापति दिलिप लामाले जिल्लामा भएको बिकृति बिसंगती रोक थामको लागि बालकल्बको महत्वपुर्ण भूमिका रहनु पर्ने र त्यसको लागि सिरहा जिल्लाको १ सय ६४ ओटै वडामा बाल कल्बहरु गठन गर्न आफूले र समन्वय समितिले सक्दो भूमिका खेल्ने बताउनु भयो । त्यसैगरी सिरहा नगरपालिका की उपप्रमुख बबिता साहले बालबालिकाहरुको हक अधिकारको लागि जिल्ला बाल कल्ब संजालले आवाज उठाउनु पर्ने बताउनु भयो । अहिले भइरहेको बाल विवाह रोकथामको लागि अग्रसर रही काम गर्नु पर्ने बताउनु भयो । बाल कल्बको लागि सिरहा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

जिल्ला बाल कल्ब संजालका अध्यक्ष नइम राइनले आफूले बालकल्बको अध्यक्ष भएर आफ्नो तथा बालबालिकाको विकासमा सधै सकृय भएर काम गरेको बताउनु भयो । अब आफू यूवा भएकोले अरु साथीहरुलाई जिम्मेबारी दिएर सहयोग गर्ने बताउनु भयो । जिल्ला बाल भेलाले अगामी कार्यकालको लागि मन्दिप महराको अध्यक्षतामा २५ सदस्यीस कार्य समिति गठन गरेको छ ।

pic 2 (5) pic 2 (4) pic 2 (3)

अन्य

भिडियो