INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

गौरीशङ्कर गाउँपालिका-२, जुँगुस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आयोजना गरेको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी हुन पुगेका गौरीशङ्कर गाउँपालिका-६, चङ्खुको भुमेगम्बा माविका १५ वर्षीय र १६ वर्षीय विद्यार्थीलाई जातीय विभेद गरेको आरोपमा गौरीशङ्कर गाउँपालिका-६, चङ्खुको होटल व्यवसायी ३६ वर्षीया गमला थापा विरुद्ध ०८० पुस ४ गते इलाका प्रहरी कार्यालय, सुरीमा उजुरी दर्ता भएको छ ।

आरोपितले आफूहरूलाई स्थानीय होटलमा बास बस्ने समयमा जात सोधेर घरमा दलित पस्न दिँदैनौ भन्दै अन्य साथीहरू भन्दा भुइलताको कोठामा सुताएर जातीय विभेद गरेको पीडितले बताउनु भयो । आफूहरू बस्ने होटलमा होटल व्यवसायीले जात के हो भनि सोधेको र आफूहरू विश्वकर्मा भनेपछि विश्वकर्मालाई घरभित्र राख्न नमिल्ने भन्दै निकालिएको पीडितहरूले इन्सेकलाई जानकारी दिनुभयो ।

गौरीशङ्कर गाउँपालिकाले स्थानीय तहको आयोजना र निलकण्ठेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा जुँगुमा पाँचौँ अन्तर स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । स्थानीय सरकारले सञ्चालन गरेको कार्यक्रममा नै व्यवसायिक रूपमा सञ्चालन गरेको होटल व्यवसायीले दलित रहेकै कारणले विभेद गरेको भन्दै छुवाछुत कसुर अन्तर्गत कारबाहीको माग गरेको छ ।

अन्य

भिडियो