पाँच बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत बनारस जिल्ला चनपुर–५ का ४२ वर्षीय मोहमद खानलाई मङ्सिर १९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर १९ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले मङ्सिर २० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको अस्पतालले जनायो ।
त्यस्तै, १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–११ बिचवापुका २२ वर्षीय अश्थाक शेषविरूद्ध पीडित पक्षले मङ्सिर १९ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर ९ गते बलात्कर गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङ्गले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।