INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ का १९ वर्षीय राम विक विरुद्ध ०८० पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले गाउँमा घुमाउन लैजाने बाहाना बनाएर ०७९ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडित गर्भवती समेत भएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी सुशिला खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० पुस ३ गते चौतारा अस्पतालमा भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाइले बताउनु भयो ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो