INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रामपुर नगरपालिका– १० होङदीका २५ वर्षीय नेत्र सारुलाई मङसिर २८ गते १८ वर्ष  कैदको फैसला गरेको छ ।

न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई १८ वर्ष कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिवबहादुर थापाले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ कात्तिक १९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक २० गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो