साउन ३१ गतेका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा १६ औँ पटक पुनः अर्को पेशी तोकिएको छ ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार आगामी असोज १ गतेका लागि पेशी चढाइएको छ ।
कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा ०६१ जेठ २४ गते उजुरी दिएका थिए ।
त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । ०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले अपहरण पछि कृष्णप्रसादको हत्या गरेका थिए ।