इन्सेक कर्णाली प्रदेश कार्यालयले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मङ्सिर २८ गते कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीलाई बुझाइएको छ ।
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा कानुन निमार्ण गर्न अपरिहार्य रहेको भन्दै मानव अधिकारकर्मीहरुको टोलीले मन्त्री समक्ष विधेयकको मस्यौदा बुझाएको हो । इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी र मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल सहितको टोलीले बुझाएको सो विधेयकाको मस्यौदामा २० दफा र ३ अनुसुचि रहेको अधिकारकर्मी किरण पौडेलले बताउनु भयो ।
विधेयकको मस्यौदा पारित भइ कार्यान्वयन गरिदा प्रदेश सरकारलाई खासै आर्थिक भार नपर्ने उल्लेख गर्दै मन्त्री जिसीले सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने र अन्य आवश्यक प्रक्रिया तत्काल अघि बढाउने बताउनु भयो ।
