११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भए पनि घटनाबरे कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उजुरीमा ढिलाइ भएको पीडित पक्षले जनाएको छ । घटनाबारे थाहा पाउना साथ मङ्सिर २५ गते मात्र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधि सँगको भेटमा बताइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर २५ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।