नौ वर्षीया बालिकालाई बलात्कार गररेको आरोपमा प्रहरीले रुपाकोट मजुवागढी-५ का २१ वर्षीय सञ्जीव मग्रातीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज यादवले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको छ ।