भूकम्प पीडितले आस्था र जातको आधारमा रातह वितरणमा गुनासो गरेका छन् । छेडागाड नगरपालिका–११ सालटाकुराका अमरबहादुर टमटाले राहत नपाएको गुनासो गर्नु भएकाे हाे ।
भूकम्प पीडित परिवारले आस्था र जातको आधारमा विभेद गरिएको भन्दै इन्सेकसँग आवश्यक अनुसन्धान गरी राहतको प्रवन्धको लागि सिफारिस सहित अनुराेध गरिएकाे छ । विनाशकारी भूकम्पले छेडागाड नगरपालिका–११ सालटाकुरा निवासी अमरबहादुर टमटाको परिवार त्रिपालमुनि बसेको छ । भूकम्पले घर चर्किएर बस्न नमिल्ने भएपछि बाहिर बस्नु परेको छ । घर चर्किएपछि चिसो मौसममा बाहिर बसेको परिवारले स्थानीय सरकारबाट केहि राहत सामाग्री पाएपनि प्रयाप्त राहत नपाउँदा त्रिपालमुनि चिसो समयमा रात विताएको अधिकारकर्मी अन्नत बिकले बताउनु भयो । सरकारबाट केहि राहत सामाग्री पाएपनि अस्थायी आवासका लागि सरकारबाट पाउने सहयोगमा आफनो नाम छुटाइएको छ । आस्थाको आधारमा सरकारबाट पाउने सेवा सुविधाबाट बन्चित गरेको पीडितको भनाइ छ ।
यसैबीच मानव अधिकारकर्मी अन्न्त विकसँग पीडित टमटाले केहि राहत दिनु हुन्छ की भनेपछि व्यक्तिगत खर्चमा ब्लाङ्केट , एक डस्ना र केहि कपडा दिएको विकले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगलाई उक्त घटनाको अनुसन्धान गरी जातको आधारमा भएको विभेद गैर कानुनी कार्यको आवश्यक छानबिन गरी परिवारको आर्थिक अवस्थाका लागि सहयोग गर्न अनुरोध गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय प्रदेश प्रमुख नारायण सुवेदीले केहि सामाग्री सहयोग गर्ने बताउनु भयो ।
पीडितको मागलाई मध्यनजर गर्दै फोन मेसेन्जरबाट आयोगका कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलालाई समेत जानकारी गरेको बताउनु भयो । भूकम्प पीडित अमरबहादुर टमटा, पत्नी तुलसी टमटा, छोरी रुपा टमटा, सम्झना टमटा, लक्ष्मी टमटा, सपना टमटा, छोरा खिमबहादुर टमटा,मनवीर टमटा गरी आठ जनाको परिवारले चिसो मौसमा एउटा त्रिपालमुनि रात काट्नु भएको छ । केहि दिन अघि सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थामा सुत्केरी भएकी तुलसी टमटा ओड्ने ओछ्याउने नहुँदा चिसोमा त्रिपालमुनि बस्न बाध्य भएका छन् । ओड्ने ओछ्याउने प्रयाप्त नभएपछि सुत्केरीलाई न्यानो बनाउन तरकारी खेतीको लागी ल्याएको त्रिपाल लगाएर बसेपछि सुत्केरी टमटाले अक्सिजन नपाएर विरामी परेपछि स्थानीयले राती नगर अस्पताल ल्याएपछि उहाँको ज्यान नबचेको थियो । केहि गर्न सक्ने वर्गको अस्थायी आवासमा नाम समावेश हुने गरिव विपन्न वर्गको नाम अस्थायी टहरा निर्माणका लागि नपरेकाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई अस्थायी टहरामा नाम समावेश गर्न सरोकारवाला निकायलाई नरेश थापाले आग्रह गर्नु भएको छ । कर्मचारी, शिक्षक आर्थिक अवस्था सुधार भएका नागरिक भन्दा कमजोर भएका निम्न वर्गको नाम समावेश गर्न ध्यान दिन आग्रह गर्नु भयो ।
चिसो मौसममा त्रिपालमुनिको बसाई त्यसैमा भर्खरकी सुत्केरी टमटाको विजोग छ । सरकारले गरिव दलित, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई विशेष प्राथमिकतामा राख्न नरेश थापाले आग्रह गर्नु भयो । न्यानो वासको अभावले बालबालिका विरामी औषधि उपचारका लागी खर्च नहुँदा मानसिक तनाव, अस्थायी आवासको लाभग्राहीमा आबद्ध गराउन मनोपरामर्शका लागि सिफारिस गरिदिन पीडितले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
स्थानीय तहबाट आएको राहत सामाग्री एकद्धार प्रणालीबाट वितरण गरेको छेडागाड नगरपालिका–११ का वडाअध्यक्ष लोकेन्द्र थापाले बताउनु भयो ।

