INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगद्वारा डा. केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ ।

साउन २७ गते आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनसनरत डा. केसीसँग विगतमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्नसमेत आयोगले विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

उपचारका क्रममा आउने सर्वसाधारणको प्रभावकारी स्वास्थ्योपचारमा संवेदनशील र जिम्मेवार हुन आग्रह गर्दै पटकपटकको आन्दोलनले समस्यालाई झन जटिलतातर्फ लैजाने कुरालाई मध्यनजर गर्दै वार्तालाई सार्थक बनाउनसमेत विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो