INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमा इन्सेकको सहयोग

भूकम्प प्रभावित क्षेत्रमा चिसो मौसममा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नलगाड नगरपालिका–१२ तल्लुवगरमा राधा माधव समिति नेपाल, विद्धत समाज नेपाल, डिभाइन युथ कल्व र इन्सेकको संयुक्त रुपमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो शिविरमा इन्सेक कर्णाली प्रदेशले स्वास्थ्यकर्मी सहयोग गरेको हो ।

नलगाड नगरपालिका–१२ तल्लुवगरमा संञ्चालन गरिएको स्वास्थ्य शिविरमा सामान्य चिकित्कस, फोक्सो, निमोनिया, सुत्केरी गर्भवती महिला, दन्त सेवा, मनोपरामर्शको उपचार गरिएको छ । भौगोलिक विकटता आर्थिक अवस्था कमजोर भएका जनतालाई विनाशकारी भूकम्पबाट पीडित त्रिपालमुनिको बसाईले विभिन्न रोगबाट ग्रसित १४ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नलगाड नगरपालिका–१२ विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालयको प्राङ्गणमा गरेको स्वास्थ्य शिविरमा नलगाड नगरपालिका–१०,११,१२ र १३ वडानम्वर र रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका–४,५ र ६ वडानम्बर र छिमेकी जिल्ला डोल्पाका सर्व साधारणले स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा लिएको राधामाधव समितिका प्रचार विभाग सदस्य ओमप्रकास राठौरले बताउनु भयो ।

स्वास्थ्य शिविरमा इन्सेकको तर्फबाट विशेषज्ञ डाक्टरको व्यवस्था गरेको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । भूकम्पबाट त्रसित बनेका सर्वसाधारणलाई मनोपरामर्श सेवा दिएको छ । राधामाधव समितिका प्रचार विभाग सदस्य राठौरले आर्थिक अवस्था कमजोरसगै भूकम्पबाट घरबास विहीन भएका सर्वसाधारणलाई स्वास्थ्य सेवा सहित मनोपरार्मश दिन संञ्लालन गरेको शिविरमा बालबालिका, सुत्केरी गर्भवती महिला दिर्घरोगी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै तीन महिनाका सुत्केरीलाई न्यानो कपडा वितरण गरिएको छ ।

नलगाड नगरपालिका–१२ का समाजसेवी बुद्धीबहादुर गुरुङ्ले दुर्गम भौगोलिक विकटता छिमेकी जिल्ला डोल्पा जिल्लासँग सिमा जोडिएको बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने राधामाधव समितिलाई धन्यवाद दिनु भयो ।

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर विनय विक्रान्त,धादिङ्बाट आउनु भएका डाक्टर राम थापा क्षेत्री सहित ९ जना चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गर्नु भएको छ । स्त्री रोग विशेषज्ञ डाक्टर विनय विक्रान्तका अनुसार सुत्केरी गर्भवती महिला, बालबालिकाले स्वास्थ्य सेवा लिएको बताउनु भयो ।

भूकम्पको झट्काले त्रसित भएका सर्वसाधारणलाई मनोपरामर्शबाट सन्तुष्टि हुने भएपछि सो शिविरमा आत्मावल कमजोर सर्वसाधारणलाई सल्लाह सुझाव दिएको छ । नेपालगञ्ज, सुर्खेत, काठमाण्डौका अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सले चेकजाँच गर्नुका साथै औषधि वितरण गरिएको छ ।

नलगाड नगरपालिका–१३ की पाँच दिनकी सुत्केरी बिष्णु शाहीका अनुसार भूकम्पले घर क्षति गरेपछि त्रिपालमुनिको बसाईले स्वास्थ्य अवस्था कमजोर हुदै गएपछि अस्पताल र चिकित्सको खोजीमा बसेका प्रभावितलाई गाँउबस्तीमा पुगेर औषधि उपचार पाएपछि खुसी भएको बताउनु भयो ।  भूकम्पले खाना, नाना नपाएका सर्वसाधारण रोग भोक र शोकले पीडितले औषधि उपचार पाएका छन्  ।
राधामाधव समितिका प्रचार विभाग सदस्य राठौरका अनुसार नलगाड नगरपालिका विद्यालयमा पठनपाठन गर्ने ४सय ३२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने छ । घर भत्किएपछि पालमुनिकोबसाई चिसो बढ्दै गएपछि न्यानो कपडा वितरण गर्न थालिएको छ ।
Photo20231211Jajarkot (2)

Photo20231211Jajarkot (3)

Photo20231211Jajarkot (4)

Photo20231211Jajarkot (5)

Photo20231211Jajarkot (1)

Photo20231211Jajarkot (9)

Photo20231211Jajarkot (8)

Photo20231211Jajarkot (7)

Photo20231211Jajarkot (6)

अन्य

भिडियो