६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ ।
बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो आमालाई सुनाएपछि उहाँले विद्यालयको प्रधानाध्यापकलाई घटनाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रधानाध्यापकले प्रहरीलाई घटनाको बारेमा मौखिक जानकारी गराएपछि आरोपितलाई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिनुभयो ।
पीडित बालिका माथि विभिन्न समयमा आफ्नै बुवाबाट पटक पटक यौन दुर्व्यवहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर साजन शर्माले जानकारी दिनुभयो ।
बुवाले पीडित बालिकाको आमालाई पनि यातना दिने गरेका कारण विगत तीन महिनादेखि बालिकाकी आमा पीडित बालिका र अर्का ९ वर्षीय छोरालाई बुवासंग छाडेर पोखरामा काम गरेर बस्दै आउनुभएको छ ।
घटनाको लिखित उजुरी र पीडित बालिकाको संरक्षणको लागि आमालाई झिकाइएको इन्स्पेक्टर शर्माले जानकारी दिनुभयो ।