मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल र सोही ठाउँकी ४९ वर्षीया सीता दाहाललाई ०८० मङ्सिर १९ गते मेचीनगरबाट गिरफ्तार गरेको हो ।
पीडित रञ्जु विश्वकर्माले सीता दाहालको घरबाट ०८० असोज २० गतेदेखि दूध किनेर खान थालेको र असोज २२ गते सीताले दलितलाई दूध दिएपछि गाईले दूध नदिएको र दूध खाएपछि परिवारका सदस्य विरामी भएको भन्दै जातीय विभेद गरेको पीडितको आरोप छ ।
जातीय विभेद गरेको आरोपमा पीडितले आरोपितविरूद्ध असोज २४ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिनु भएको थियो ।
घटनाका आरोपितविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा असोज २४ गते जातीय विभेद शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले आरोपितद्वयविरूद्ध मुद्दा दर्ता गरेको दुई महिनापछि गिरफ्तार गरेको हो ।